Tuesday, October 13, 2015

न्यू मोर्डन आइटिएफ तेक्वान्डो डोजाङ बुर्तिबाङद्धारा सम्मान कार्यक्रम

राम सुवेदी बुर्तिबाङ २०७२ असोज २२ । बुर्तिवाङ स्थित न्यूमोर्डन एकेडेमी बुर्तिबाङमा स्थापित न्यू मोर्डन आइटिएफ तेक्वान्डो डोजाङ बुर्तिबाङव्दारा आज एक कार्यक्रमका बीच सम्मान कार्यक्रम सम्पन्न भएको छ ।
भारतको गोवामा सम्पन्न भएको दक्षिण एसियाली तेक्वान्दो प्रतियोगीता २०१५ मा तेक्वान्दो महासंघका तर्फबाट प्रतिनिधित्व गर्ने खेलाडी र जिल्ला खेलकुद विकास समितिमा पश्चिम बागलुङका तर्फबाट कोषाध्यक्षमा चयन भएका गोकुल शेरचनलाई संयुक्त रुपमा सम्मान कार्यक्रमको आयोजना गरि सम्मान गरिएको हो ।
12071415_908567585880610_597965378_n
भारतमा सम्पन्न तेक्वान्दो प्रतियोगीतामा न्यू मोर्डन आइटिएफ तेक्वान्दो डोजाङका तर्फबाट सहभागीता जनाई स्वर्ण पदक हासिल गर्ने खेलाडी आकाशचन्द्र घर्ती मगर र बसन्ती बुढा मगर त्यस्तै रजत पदक हासिल गर्ने भुमिराज बुढा मगर, विशाल बुढा मगर र मिथुन घर्ती मगरलाई न्यू मोर्डन डोजाङका तर्फबाट सम्मान पत्र सहित खादा ओढाएर सम्मान गरिएको हो ।
12071517_908567659213936_1374806414_n12077104_908570349213667_633194743_n
यसैबीच बागलुङको पश्चिम क्षेत्रबाट खेल क्षेत्रमा तेक्वान्दोका तर्फबाट राष्ट्रलाई चिनाउने प्रयत्न गरेको भन्दै आइटिएफ तेक्वान्दोका पूर्व केन्द्रिय सदस्य सुजन घर्ती मगरद्धारा स्वर्ण पदक हासिल गर्ने दुई खेलाडीलाई जनही १०।१० हजारका दरले नगद पुरस्कार प्रदान गरिएको छ । त्यस्तै जिल्ला तेक्वान्दो संघका सदस्य नरबहादुर केसीले पनि दुई स्वर्ण पदक विजेता खेलाडिलाई नगद १।१ हजारले सम्मान गरेका छन् ।
कार्यक्रममा जिल्ला खेलकुद विकास समितिमा कोषाध्यक्ष गोकुल शेरचनलाई सम्मान पत्र सहित खादा, माला र अविर लगाएर सम्मान गरिएको छ ।
12081453_908570129213689_591863383_n12087515_908569552547080_682581214_n (1)
न्यू मोर्डन आइटिएफ डोजाङ बुर्तिबाङका प्रमुख प्रशिक्षक तथा नेपाल व्ल्याक वेल्ट कमिटिका केन्द्रिय उपाध्यक्ष हिक्मत घर्ती मगरको अध्यक्षतामा आयोजना गरिएको सम्मान कार्यक्रममा बोल्ने अधिकांश वक्ताले, खेलकुद क्षेत्रको विकासका लागि सबै क्षेत्रको चासो हुनु आवश्यक रहेको कुरामा जोड दिएका थिए ।
जिल्ला खेलकुद विकास समिति सहित खेल क्षेत्रमा आवद्ध सरोकारवालाले सम्बन्धित क्षेत्रको विकासमा नलागेकोले अहिले पनि खेल क्षेत्रकोे अवस्था दयनिय भएको उनीहरुकाने भनाई थियो ।
कार्यक्रममा जिल्ला खेलकुद विकास समितिका कोषाध्यक्ष गोकुल शेरचन, तेक्वान्दो संघका जिल्ला सदस्य नरबहादुर केसी, न्यू मोर्डन एकेडेमी सञ्चालक समिति अध्यक्ष निमलाल पाण्डे, प्रिन्सिपल दीपक कुवँर, गाउँ खेलकुद विकास समितिका अध्यक्ष यामु पौवी, रेडियो परिवर्तनका स्टेशन म्यानेजर राम सुवेदी लगायतले शुभकामना मन्तव्य दिएका थिए । आयोजित कार्यक्रमको सञ्चालन आइटिएफ खेलाडि धीरेन्द्र घर्ती मगरले गरेका थिए ।

No comments:

Post a Comment